नवलपुरमा श्रीमतीको हत्या आरोपमा शेरबहादुर पक्राउ

नवलपुर | माघ ८, २०८०

नवलपुरमा श्रीमतीको हत्या आरोपमा शेरबहादुर पक्राउ

नवलपुर:  नवलपुरमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

 

प्रहरीका अनुसार पक्राउ पर्नेमा हुप्सेकोट गाउँपालिका–६ बिरुखर्क बस्ने ३३ वर्षीय शेरबहादुर लम्का मगर रहेका छन् ।

 

उनले आफ्नै श्रीमती ३४ वर्षीया चनिसरा लम्कामगरको हत्या गरेको प्रहरीले जनाएको छ ।

 

शेरबहादुरले आफ्नै श्रीमतीलाई गएराति कोदालो र खुर्पा प्रहार गर्दा घट्नास्थलमै मृत्यु भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय नवलपुर र प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो ।  

 

सो विषयमा अहिले थप अनुसन्धान गरिहरेको प्रहरीले जनाएको छ ।      
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्